५ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विकासलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न जरुरी छ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विकासलाई केवल भौतिक पूर्वाधार, चिल्ला सडक, अग्ला भवन वा राम्रो भोजनसँग मात्र जोडेर हेर्न नहुने बताएका छन् ।

प्रहरी वृत्त नयाँ बानेश्वर निर्माण, मर्मत संभार तथा पुनस्र्थापना समितिको अगुवाइमा निर्माण भएको भवन तथा संरचनाहरु हस्तान्तरण कार्यक्रममा बोल्दै उनले वास्तविक विकास नागरिकको जीवनस्तर, सुरक्षा र सम्मानसँग सम्बन्धित हुने बताएका हुन् ।

उनले डर, असुरक्षा र विभिन्न संकटबाट गुज्रिएका नागरिकलाई संरक्षण गर्नु समाज तथा स्वयं नागरिकको साझा दायित्व भएको बताए ।

कार्कीले सभ्य र सहयोगी समाज निर्माणका लागि सबै पक्षको साझेदारी आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्रै समृद्ध र मानवीय समाजको निर्माण सम्भव हुने बताए ।

नेपालमा एक दशकसम्म नागरिक आक्रोश विभिन्न रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै उनले त्यस्तो आक्रोश दोहोरिन नदिन राजनीति, संस्कृति, कला, भावना र सामाजिक सभ्यतालाई सकारात्मक दिशातर्फ उन्मुख गरिनुपर्ने बताए

‘भदौ २३ र २४ गतेको आन्दोलन पछिको भवन एउटा कालखण्डमा नेपालमा झन्डै १० वर्षको काल खण्डमा नागरिकको आक्रोश व्यक्त हुन्छ । ती नागरिकको आक्रोश व्यक्त नहोस् भन्नका लागि राजनीति, संस्कृति कला, भावना, सभ्यतातर्फ उन्मुख हुँदा त्यो लम्बिन्छ,’ उनले भने, ‘जहिले पनि जतिसुकै अन्धकार र गरिबी भए पनि त्यहाँ उज्यालेको सम्भावना सधैँ रहिरहन्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि