३ असार २०८३, बुधबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ को जिल्ली पहिरो नियन्त्रणका लागि निर्माण कार्य गरिएको छ । करिब पाँच वर्ष देखि निरन्तर बेगिरहको उक्त पहिरो रोकथामका लागी तटबन्ध निर्माण गरिएको हो ।

पहिरोका कारण नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय भने अझै जोखिममा छ । वर्षातको समयमा वर्षेनी विद्यालयको पठनपाठन भने प्रभावित हुँदै आएको छ ।

बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह, छिमेकी प्रदेश कर्णालीको हुम्ला, मुग जाने मुख्य राजमार्गको रूपमा यो सकखण्ड सञ्चालनमा छ ।

वर्षाको समयमा पहिरो जाने र सडक अवरोध हुने हुँदा नागरिकले पाएको सास्थीलाई मध्य नजर गरी वडाबाट विभिन्न समयमा पालिका प्रमुख र प्रदेश सरकारलाई गुहार गरेर पहिरो नियन्त्रणको लागी तटबन्धको कार्य गरिएको

बडी मालिका नगरपालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह जिल्ली पहिरोमा पुगेर पहिरो रोकथामको लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वर्षातमा मार्तडी—कोल्टी सडक खण्ड वर्षेनी अवरुद्ध हुने गरेको छ ।

पूर्वाधार विकास कार्यालय साँफेबगरले करिब १ करोड २० लाख रुपैयाँ लागतमा निर्माण कार्य गरेको हो । अहिले पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण भएका छन् । पहिलो नियन्त्रणका लागी संरचना निर्माण भए पनि नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय भने जोखिममै रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि