२ असार २०८३, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित

धनगढी । सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य लम्बिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट वक्तव्यका लागि आज बेलुका ५ बजे प्रदेश सभा बैठक आह्वान गरेको थियो । तर सत्तारुढ दल नेकपा एमालेले बैठकमा उपस्थित हुन नसक्ने अडान राखेपछि प्रदेश सभा बैठक नै अनिश्चित बनेको छ । नेकपा एमालेका प्रदेश सभा सदस्यले आफूहरूको प्रदेश सभामा सहभागी नहुने अडान कायमै रहेको बताए । मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले योजना छनोटमा एकलौटी गरेको ती प्रदेश सभा सदस्यले बताए ।

यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेश सभा सदस्यले बताए ।

सो विषयमा आर्थिक मामिला मन्त्री र उनको सचिवालयमा बुझ्न खोजेपनि सम्पर्क हुन सकेन ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ३८ अर्ब बराबरको बजेट ल्याउने अनुमान गरिएको छ । जुन बजेट सुदूरपश्चिम प्रदेश इतिहासकै ठूलो आकारको हुनेछ । यसअघि सुदूरपश्चिम प्रदेशमा ३६ अर्बको बजेट प्रस्तुत भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले ३१ अर्ब बराबरको बजेट ल्याएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि