२७ जेष्ठ २०८३, बुधबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवादसम्वन्धि धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तरण विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्वत छैन । संविधानसम्वत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो ? यहाँ प्रश्न गर्न चाहान्छु। हाम्रो माग सम्वन्धित व्यक्ति जसले गल्ति गर्नुभएको हो उहाँको तहबाट नै उहाँको धारण के हो प्रधानमन्त्रीको धारणा के हो? लिखितरुपमा भएपनि धारणा राख्नुपर्छ ।’

यस्तै उनले प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संविधानसम्वत संसद चल्नुपर्ने बताए ।

‘त ठूलो कि म ठूलो? अहंकार ठुलो कि संस्कार ठूलो ? आकार ठुलो कि प्रकार ठुलो ? पेलेर जाने कि सम्हालेर लाने ? पद ठूलो कि देश ठूलो? प्रश्नै प्रश्न छन् यहाँ यो प्रश्न म राख्न चाहान्छु । हाम्रो आन्दोलन, माग एउटै उद्देश्य छ प्रधानमन्त्री भन्ने पद व्यक्तिसँग सरोकार राख्दैन । प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनैपर्छ। संविधानको धार ७६ को उपधारा १० अन्तर्गत यो संसद चल्ने कि नचल्ने ?’, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि