२६ जेष्ठ २०८३, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ नजिक केन्द्रविन्दु भएर आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

अल जजिराका अनुसार भूकम्प सोमबार बिहान सबेरै गएको हो, जसले फिलिपिन्समा ठूलो संरचनागत क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको छ । भुकम्पका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रारम्भिक झट्कापछि एक घण्टाभन्दा बढी समयसम्म परकम्पहरू आएको जनाएको छ ।

भूकम्पपछि फिलिपिन्समा आपत्कालीन निकायहरू सक्रिय गरिएको छ । नागरिक सुरक्षा कार्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ ।

अधिकारीहरूले सराङ्गानी, दाभाओ ओक्सिडेन्टल, तावी–तावी र सुलु लगायत नौ प्रान्तका बासिन्दालाई तत्काल सुरक्षित स्थान वा उच्च भूभागतर्फ जान आग्रह गरेका छन् । यसैबीच, इन्डोनेसियाका उत्तरी सुलावेसी, गोरोंतलो प्रान्त र साङ्गीहे टापुहरूमा पनि सुनामी चेतावनी जारी गर्दै बासिन्दालाई उच्च स्थानमा जान निर्देशन दिइएको छ । जापान, फिलिपिन्स र इन्डोनेसियाका अधिकारीहरूले समुद्री क्षेत्रमा खतरनाक छालाको जोखिमबारे चेतावनी जारी गरेका छन् ।

अमेरिकास्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक रूपमा एक मिटरसम्मका छालहरू फिलिपिन्सका तटीय क्षेत्रमा पुग्न सक्ने र इन्डोनेसिया तथा मलेसियाका केही भागमा पनि जोखिम रहने जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार पहिलो सुनामी लहरहरू फिलिपिन्स र इन्डोनेसियामा स्थानीय समयअनुसार बिहान करिब १० बजे पुग्नसक्ने अनुमान गरिएको छ । त्यसपछि दक्षिणी जापान, ताइवान, माइक्रोनेसिया, पपुवा न्यू गिनी र सोलोमन टापुहरूमा समेत प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पले संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रमा कुनै ठूलो खतरा नरहेको जनाएको छ । यद्यपि जापानका केही दक्षिणी टापुहरूमा सुनामी चेतावनी कायम राखिएको छ । त्यस्तै, उत्तरी मारियाना टापु र गुआममा पहिले जारी गरिएको चेतावनी हटाइए पनि समुद्री धार र खतरनाक समुद्री अवस्था कायम रहन सक्ने बताइएको छ

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि