२५ जेष्ठ २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बैठक केही समयका लागि स्थगित गरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए ।

यद्यपी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याइनुपर्ने, संसदको अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने तथा प्रधानमन्त्रीले त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने प्रतिपक्षको अडान यथावत रहेको बताए ।

पुनले सत्ता पक्षबाट समस्या समाधानका लागि विभिन्न विकल्पहरू सकारात्मक रूपमा आएको भएपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख गरे ।

उनले भने, ‘संसद नियमित चलोस् भन्नेमा प्रतिबद्धता छ, हाम्रो आफ्नो धारणा छ । प्रधानमन्त्रीको यो विषय सच्यिनुपर्छ । संसदको रेकर्डबाट हट्नुपर्छ र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षको अडान कायम छ । सत्ता पक्षबाट पनि विभिन्न अप्सनहरू सकारात्मक नै आएका छन् तर निष्कर्षमा पुग्न नसकिएको हुनाले केही समय बैठक रोकेर सभामुखले छलफलको वातावरण बनाइदिन आग्रह गर्छु।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि