८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

ब्रदरका नेक्स्ट जेनेरेसनले ल्यायो नयाँ प्रिन्टर, कपी र स्क्यानर

२५ माघ, काठमाडौं। प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले बुधबार नेपाली बजारमा ब्रदरका नेक्स्ट जेनेरेसन नौवटा प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको हो ।

ब्रदरले कुल नौ ओटा नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ । सार्वजनिक भएका हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानले प्रिन्टिङ उद्योगमा पर्फर्मेन्स विश्वसनीयतामा नयाँ मानक कायम गर्ने विश्वास लिइएको छ।

प्रडक्ट सार्वजनिकसँगै बुधबारबाट चार दिने बलियो एक्सपेरियेन्स सेन्टर मिट एण्ड ग्रिट कार्यक्रम समेत सुरु भएको छ । ८ देखि १२ फेब्रुअरीसम्म चल्ने उक्त कार्यक्रममा रजिस्टर गराएका सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तरक्रिया गर्नुका साथै विशेष छुट तथा अफर समेत प्राप्त गर्न सक्नेछन्।

कार्यक्रमका लागि रजिस्टर गराउने एक जना भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक ल्याब ल्यापटप प्राप्त गर्नेछन् । ब्रदर इन्टरनेसनलका क्षेत्रिय बिक्री निर्देशक तथा बोर्ड सदस्य अमित अलि नेपालका लागि ब्रदरका पछिल्ला प्रिन्टर मोडेल प्रस्तुत गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि