२५ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प नेपाली समयअनुसार बिहान करिब ५ः०७ बजे गएको हो । हालसम्म भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प ९३ किलोमिटर गहिराइमा गएको बताइएको छ । पहिलो भूकम्प गएको करिब ११ मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्पीय धक्का महसुस गरिएको एनसीएसले जनाएको छ । दोस्रो भूकम्प ७९ किलोमिटर गहिराइमा गएको थियो भने यसको केन्द्रबिन्दु ५.६०५ डिग्री उत्तरी अक्षांश र १२५.४०८ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

फिलिपिन्स प्रशान्त महासागरीय रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्दछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि