२४ जेष्ठ २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा 

काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् ।

राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।

राजा चाल्र्सले यो कदमले ुबेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्य वान सम्बन्धु लाई झल्काएको बताएका थिए । उनले भने, ‘आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु ।’

राजा चाल्र्सले अब यस इकाई मार्फत गोर्खा सैनिकहरूले ‘बेलायती सेनाको सम्पूर्ण क्षमता र जिम्मेवारीका विविध क्षेत्रमा सेवा गर्ने अवसरु प्राप्त गरेको बताए ।

सैनिकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यो महत्त्वपूर्ण नयाँ अध्यायको सुरुवातमा अगाडि बढ्ने तपाईँहरूको दृढता र प्रतिबद्धताका लागि म तपाईँहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि