२३ जेष्ठ २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपा नुवाकोट सभापतिमा राजुप्रसाद लामिछानेको उम्मेदवारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको सभापति पदका लागि राजुप्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।

यही जेठ २३ गते हुन गइरहेको प्रथम जिल्ला अधिवेशनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ निवासी लामिछानेले पार्टी संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित नेतृत्वमा दाबी गरेका हुन् ।

विगत २२ वर्षभन्दा लामो समयदेखि कपडा व्यवसायमा आवद्ध लामिछाने हाल रास्वपा नुवाकोटको जिल्ला सचिवालय सदस्यका रूपमा कार्यरत छन् । पछिल्लो केही वर्षयता पार्टीमा निरन्तर सक्रिय रहँदै आएका उनी सरल, मृदुभाषी र मिजासिलो स्वभावका कारण कार्यकर्तामाझ लोकप्रिय छन्, भने लामिछानेले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

नुवाकोटमा रास्वपालाई जगैदेखि स्थापित गर्न र संगठनलाई तल्लो तहसम्म विस्तार गर्न लामिछानेले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘पार्टीलाई जिल्लाभरिका धेरैभन्दा धेरै जनतामाझ पु¥याउन र संगठनलाई नयाँ उचाइमा लैजान मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’

साथै, लामिछानेले आगामी जेठ २३ गते हुने प्रथम जिल्ला अधिवेशनलाई सभ्य, भव्य र सुसंस्कृत रूपमा सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक आग्रह समेत गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि