काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला ३ लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ३ लाख ११ हजार १०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।







