१७ जेष्ठ २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

सर्पदंशका विरामीहरुलाई तत्काल उपचारको प्रवन्ध गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै बिरामीको ज्यान जाने गरेको बताए ।

‘विषालु सर्पले टोकेपछि पहिलो घण्टालाई सुनौलो घण्टा भनिन्छ, जसमा एक घण्टाभित्र उपचार गर्नसके बिरामीलाई बचाउन सकिन्छ,’ उनले भने, ‘तर अस्पताल समयमै पु¥याउन नसक्दा बाटोमै बिरामीको मृत्यु हुने अवस्था छ।’

उनले हरेक स्थानीय तहका अस्पतालहरूमा एन्टिस्नेक भेनम (विष प्रतिरोधी औषधि) पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।
सांसद खनालले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्रामीण क्षेत्रमा आपतकालीन उपचार सेवाको पहुँच सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘हरेक स्थानीय तहस्थित अस्पतालहरुमा एन्टिस्नेक भेनमको प्रयाप्त उपलव्धता सुनिश्चत गर्नको लागि सभामुख ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि