१५ जेष्ठ २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि सुरु हुँदैः एआई जेनेरेटेड वृत्तचित्रसहित विभिन्न चलचित्र प्रदर्शन गरिने

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव –२०८३ आयोजना हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी जेठ १७, १८ र १९ गते तीन दिने महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

काठमाडौँस्थित चलचित्र विकास बोर्डमा नेपालको आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोक–ज्ञान, आध्यात्मिक अनुभव तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनर्स्थापित गर्ने ऐतिहासिक उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक सागर केरुङले जानकारी दिए।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।

महोत्सव अवधिभर प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्टलाई विभिन्न विधामा पुरस्कृत गरिने भएको छ । महोत्सव निर्देशक केरुङका अनुसार उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायाङ्कन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि