९ जेष्ठ २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

समितिका सभापति रहबर अन्सारीले नेपाली उद्योगहरूले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले गम्भीरतापूर्वक ध्यान दिएको बताए । उनका अनुसार कच्चा पदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुहरूको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ ।

उद्योगीहरूको यसै गुनासो र समस्यालाई सम्बोधन गर्न समितिले उद्योग मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका राजस्व सचिव, भन्सार विभागका महानिर्देशक र उद्योग सचिवसहित सम्बन्धित उद्योगी, प्रतिनिधि तथा माननीय सदस्यहरूको सहभागितामा छलफल भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि