३ जेष्ठ २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ सोलुखुम्बु

सोलुखुम्बु । पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले ‘एआई पत्रकारिता तालिम’ सञ्चालन गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको उक्त तीन दिने विशेष तालिम आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म सल्लेरी, सोलुखुम्बुमा आयोजना गरिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले जानकारी दिए ।

तालिममा जिल्लामा क्रियाशील पत्रकारहरूलाई एआई प्रविधिको प्रयोगमार्फत समाचार लेखन, भिडियो तथा अडियो सामग्री निर्माण, डिजिटल कन्टेन्ट व्यवस्थापन, तथ्य परीक्षण, सामाजिक सञ्जालमा प्रभावकारी प्रस्तुति लगायतका विषयमा दक्ष एवं अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइनेछ ।

महासंघका अनुसार पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढाउँदै गुणस्तरीय, छिटो र विश्वसनीय सूचना सम्प्रेषण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले २०८३ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सहभागीका लागि कम्तीमा एक वर्षदेखि पूर्णकालीन पत्रकारितामा आबद्ध भएको तथा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो तथा कार्यरत सञ्चार गृहको सिफारिस पत्र आवश्यक पर्ने जनाइएको छ। आवश्यक कागजातहरू व्हाट्सएपमार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सूचना प्रविधिसँगै पत्रकारितालाई समय अनुकूल बनाउने अभियानअन्तर्गत यो तालिम पत्रकारहरूका लागि महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको