२९ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्ने भएको छ ।

बैठक अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति समिति, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ ।

प्रतिनिधिसभा अन्तर्गतको बिहान १० बजे बस्ने भएको बैठकमा अर्थ मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्य योजना सम्बन्धमा छलफल हुनेछ । यस्तै, चा लु आ ब २०८२/८३ को बजेट कार्यान्वयन अवस्था र आगामी आ ब २०८३/८४ को बजेट तयारी सम्बन्धमा तथा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, बिहान १०ः३० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा तथा अन्य विविध विषयमा छलफल हुनेछ । बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा, मनसुनमा सवारी व्यवस्थापन र विविध विषयमा छलफल हुनेछ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समिति समितिको बैठकमा बिहान ११ बजे भएको छ । बैठकमा मधेसी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्य योजना र अन्य विविध विषयमा छलफल हुनेछ ।

यस्तै, बिहान १० बजे सार्वजनिक लेखा समितिको बैठकमा समिति सम्बन्धी प्रस्तुतीकरण हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि