२८ बैशाख २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाद्वारा संगठन विस्तार, विभिन्न विभागमा नयाँ नेतृत्व चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ ।
आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्ट–अप तथा ¥यापिड एक्सन टिम (आरएटी) लगायतका विभागमा नयाँ पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले मिलन पाण्डेलाई पार्टीको केन्द्रीय शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कार्यक्रम तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी उनलाई दिइएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
त्यसैगरी, स्टार्ट–अप तथा उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै डा. प्रभात अधिकारीलाई स्टार्ट–अप विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
प्रवक्ता झाले युवामाझ उद्यमशीलता प्रवद्र्धन गर्ने तथा नवप्रवर्तनसम्बन्धी गतिविधिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले उक्त विभागलाई सक्रिय बनाएको बताएका छन् ।
यस्तै, पार्टीको द्रुत कार्य टोली (आरएटी) को केन्द्रीय विभाग प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) लाई मनोनयन गरिएको छ भने उप–प्रमुखमा सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व डीआईजी विदुर खड्कालाई चयन गरिएको छ । उक्त टोलीलाई पार्टीका विभिन्न गतिविधिमा द्रुत समन्वय, व्यवस्थापन तथा आवश्यक परिचालनको जिम्मेवारी रहने बताइएको छ ।
यसैगरी, सचिवालय बैठकले कर्णाली प्रदेश संगठनलाई थप सशक्त बनाउने उद्देश्यले राजबहादुर साह र अविसरा सुवेदीलाई कर्णाली प्रदेशको सह–महामन्त्रीमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टीले संगठन विस्तार, विभागीय संरचना सुदृढीकरण तथा प्रदेश तहमा प्रभावकारी समन्वय कायम गर्न यी नियुक्तिहरू गरिएको जनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।