२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना

कञ्चनपुर, २३ वैशाखः कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना भएका छन् । शुक्लाफाँटा नगरपालिका–१० अमरपुरस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० द्वारा सञ्चालित शिक्षालयमा न्यून शुल्कमा घरदैलोमै प्राविधिक शिक्षा पाउने व्यवस्था भए पनि विद्यार्थीको अभाव छ ।

शिक्षालयमा डिप्लोमा इन फार्मेसी, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र अटोमोबाइल सम्बन्धि पठनपाठनको सुविधा छ । तीमध्ये अटोमोबाइल विषयमा हाल एउटा विद्यार्थी भर्ना भएका छैनन् । विद्यार्थी नै पढ्न नआएपछि अटोमोबाइलको पढाइ नै बन्द भएको छ । मेकानिकल इन्जिनियरिङतर्फ २४ जनाको कोटा भए पनि तीनै वर्षमा गरी जम्मा १५ विद्यार्थी मात्र अध्ययनरत छन् ।

विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो क्रममा रहेको शिक्षालयको तथ्याङ्कले देखाउँछ । डिप्लोमा इन फार्मेसीमा ४० जनाको कोटा भए पनि पहिलो वर्ष ४० विद्यार्थी मात्रै भर्ना भएका छन् भने सिभिल इन्जिनियरिङको ४८ जनाको कोटामा पहिलो वर्ष १८ विद्यार्थी पढ्दै छन् ।

एसइई उत्तीर्ण गरेपछि धेरैजसो विद्यार्थी अध्ययन गर्न विदेश जाने गरेका छन् । देशभरका अन्य शिक्षालयतर्फ आकर्षित भएकाले स्थानीयस्तरका शिक्षालयमा विद्यार्थी अभाव देखिएको फार्मेसी कार्यक्रमका संयोजक ललितमोहन कलौनीले बताए ।

उनका अनुसार शिक्षालयले केही लक्षित वर्गका र जेहन्दार विद्यार्थीलाई आवासीय सुविधासहित पूर्ण रूपमा निःशुल्क पढाउने र यातायात खर्चसमेत दिने व्यवस्था गरे पनि विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । शिक्षालयमा विद्यार्थीको अभाव मात्र होइन, भौतिक पूर्वाधारको अवस्था पनि दयनीय छ ।

निमित्त शिक्षालय प्रमुख अञ्जन सापकोटाका अनुसार हाल शिक्षालयमा ११ कोठा भएको एउटा मात्र भवन उपलब्ध छ । पर्याप्त कोठा नहुँदा एउटै कोठामा पुस्तकालय, कार्यकक्ष र कम्प्युटर ल्याब सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

छुट्टाछुट्टै कोठा नहुँदा प्रयोगशाला, स्टाफ रुम र कार्यालय कक्षलाई व्यवस्थित गर्न सकिएको छैन भने शिक्षालयमा छात्रवास, क्यान्टिन, साइकल स्ट्यान्ड र घेर पर्खालको समेत अभाव छ । त्यस्तै, सनवोरा नदीले शिक्षालयको जग्गा कटान गरिरहेको छ । त्यसको पनि रोकथाम हुन नसकेको प्रमुख सापकोटा बताउछन् ।

बाइस शिक्षक तथा कर्मचारी कार्यरत रहेको यस शिक्षालयको विकासका लागि रु एक अर्बभन्दा बढीको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिएको भए पनि त्यसअनुरुपका भौतिक संरचना हालसम्म बन्न सकेका छैनन् । एकातिर पूर्वाधारको कमी र अर्कोतिर विद्यार्थीको घट्दो सङ्ख्याले गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने सरकारी लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि