२३ बैशाख २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उपराष्ट्रपतिसँग मियोसको शिष्टाचार भेटवार्ता

काठमाडौँ, २३ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रही आएको बताए । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्, उनले भने, विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।
नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसङ्घीय शान्ति कार्य तथा जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा नेपाल–नर्वे सम्बन्धमा नयाँ आयाम थपिँदै जाने र सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरे ।
राजदूत मियोसले नेपाल र नर्वेको संविधानमा लोकतन्त्र, मानवअधिकार तथा सामाजिक न्यायजस्ता साझा मूल्यहरू रहेको उल्लेख गर्दै शिक्षा, ऊर्जा, सुशासन, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा दुवै मुलुकले सहकार्य गर्नसक्ने बताए । राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धतापत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि