२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार लुम्बिनी समाचार

हुरीले दुई बिघाको केराखेतीमा क्षति

घोराही दाङ, २३ वैशाखः यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ ।

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए ।

माध्यामिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिकर्ममा लागेका केसीले बिमा नगरेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको हो । चार बिघामा केरा लगाउनु भएका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ ।

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरापालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आएका छन ।

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि