२९ फाल्गुन २०८२, शुक्रबार
समाचार समाज

विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति उनको साथबाट एक सय दरको २५० थान अमेरिकी डलर बरामद भएको प्रहरीको भनाइ छ ।

चाइना साउर्दनको उडानमार्फत उनी काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए । त्यसक्रममा मिवानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थानको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा उनको ब्यागभित्र अवैध डलर फेला परेको थियो ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि