२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

चन्द्रागिरीमा पानीमा डुबेर एक बालकको मृत्यु

२२ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्‍याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते अवस्थामा उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि