१८ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

गुराँस वन गिरीद्धारा लिखित पुस्तक स्त्री र सम्भोग लोकार्पण

काठमाडौं । गुराँस वन गिरीद्धारा लिखित सिमल बुक पब्लिकेशनद्धारा प्रकाशित स्त्री र सम्भोग आज लोकार्पण गरिएको छ ।
शुक्रबार एक समारोहका बीच पुस्तक स्त्री र सम्भोग लोकार्पण गरिएको हो ।

लेखक गिरीले जिवनको उद्देश्य र बोध सम्झाउने बताइन् । ‘यो किताब केवल स्त्री मानसिकताबाट मात्रै चलेको कलम पनि हैन । यो कस्तो किताब हो भने एउटा पिताले आफ्नो छोरीको विवाह गरिदिनुभन्दा अगाडि यो किताबमा समेटिएकी पात्र मञ्जु, समना जस्ता बन्नबाट कसरी रोक्न सक्छ, यसले जिवनको उद्देश्य र बोध सम्झाइदिन्छ,’ उनले भनिन् ।

उनले यस कृतिमार्फत नारीहरुको लागि कलम चलाएको भन्दै आगामि दिनमा विवादित भए पनि यस्ता विषयमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरिन् ।

‘चार वर्ष म मृत्युसँग कसरी लडे, हरेक सेकेण्ड, हरेक मिनेट त्यो मृत्युसँग युद्ध चलिरहेको थियो । दुःख पाउनु, संघर्ष गर्नु समान्य रहेछ । बाटोमा काँडाँ छ भने पन्छ्याएर अगाडि बढ्नुपर्छ । खाल्डो छ भने पुर्दै अगाडि बढ्नुपर्छ जिन्दगीमा यो विचार आएको थियो मलाई । म विवादित भए पनि हुन्छु, भन्नेले जे सुकै भन्छन् कलम चै चलाउछु, छोरीहरुको लागि,’ उनले भनिन् ।

कार्यक्रममा आख्यानकार एवं लेखन पुस्कर लोहनीले पनि आफ्ना विचार राखेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि