२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

१९ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ ।

लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ ।

‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको निधन भएको हो’, सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि