३० चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन् ।
क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक संजालमार्फत प्रष्टिकरण दिएका हुन् । उनले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाएका हुन् ।
‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु–हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।
अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।
विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।
त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु, पौडेलले सामाजिक संजालमा लेखेका छन् ।
केही दिन अघि जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको बताएका थिए ।
आगामी वैशाख १ गतेदेखि कांग्रेसले देशभर ‘जरा अभियान’ सुरु गर्ने जानकारी दिँदै सभापति थापाले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गरिने उल्लेख गरे। सदस्यता खारेजीको विषय आलोचित बनिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि