३० चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै संघले उक्त निर्णय लिएको हो ।
सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाहीको स्वरूप प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिवाना गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।
केसीको अभिव्यक्ति खेल भावना अनुकूल नभएको र यसले क्रिकेटको गरिमामा आँच पुर्याएको संघको ठहर छ । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयपछि यो निर्णय गरिएको उल्लेख छ । खेलका क्रममा अनुशासन पालना गराउन र खेल भावना कायम राख्न यस्तो कदम चालिएको विज्ञप्तिमा जनाइएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको