२८ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सांसद श्रेष्ठद्वारा ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापनाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापना गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै उनले भाषा, लिपि र परम्पराको संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्न यस्तो अवधारणा प्रस्ताव गरेकी हुन्।
उनले प्रस्ताव गरेको सङ्ग्रहालय केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलो हुने धारणा राखिन् ।
उनले भनिन्,‘नेपालको संविधानले आदिवासी पहिचान गर्ने अधिकार सुनिश्चीत गरेको भएतापनि यो कागजमा नै सिमित हुनुहुँदैन् । यस्तालाई जीवन्त रुपमा व्यवहारमा उतार्नु पर्छ । यस सन्दर्भमा ‘जीवित आदिवासी सङ्ग्रहालय’को अवधारणा प्रस्ताव गर्न चाहान्छु । यो केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलोको रुपमा विचार गर्न सकिन्छ ।’
त्यस्तै उनले यस किसिमको सङ्ग्रहालयले नेपालको पर्यटन क्षेत्रमा दिगो आम्दानी सिर्जना गर्न र विश्वसामु नेपालको विशिष्ट ब्रान्ड निर्माणमा थप इँटा थप्ने दाबी गरिन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि