२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लगिँदै

१८ माघ, काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापाविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बिहीबार नै अनुमति लिँदैछ ।

सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी छ ।

महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल चाँदबाग रेसिडेन्सीको नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।

सरकारी जग्गा तत्कालिन राजाको निर्णयविना कसैको नाममा नामसारी नहुनेमा बाँसबारी छालाजुत्ता कारखाना समितिले निर्णय गरेर च्याम्पियन फुटवेयर लिमिटेडलाई बिक्री गरेको थियो । उक्त फुटवेयर हाल बन्द भइसकेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि