२२ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।
उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक गरेका थिए । प्रताव गर्दै लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए ।
साथै सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।
समर्थक समेत रहेका रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले अर्याललाई शुभकामना दिँदै कार्यपालिका र व्यवस्थापिकाको भूमिकामा अर्याल अनुभवी रहेको विश्वास व्यक्त गरे । अर्याललमा शालिन समन्वयकारी भूमिका रहेकाले अगामी संसद लाभान्वित हुने उनको भनाई छ ।
शुभकामना दिँदै उनले भने, ‘कार्यपालिका र व्यवस्थापिकाको जुन भूमिका हुन्छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ । उहाँले यो गरिमायय पद, संसदको अभिभावको रुपमा बडो जिम्मेवारी पूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । शालिन समन्वयकारी भूमिका छ उहाँमा । आगामी संसद लाभान्वित हुनेछ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि