२१ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम स्वास्थ्य

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

महेन्द्रनगर, २० चैतः सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् ।
सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएका थिए ।
शिविरमा आँखा, स्त्रीरोग, दन्तरोगलगायत विभिन्न रोगको परीक्षण गरिएको थियो । आँखासम्बन्धी समस्याका २९४ महिला र १९१ पुरुष, स्त्रीरोगसम्बन्धी उपचार सेवा ७२ जनाले लिएका थिए ।
निमित्त बाहिनीपति दिग्विजय सुवेदीले सीमा सुरक्षाका साथै शान्ति सुव्यवस्था कायम गर्ने दायित्वका साथ समाजसेवा गर्नु पनि आफूहरुको दायित्व भएकाले शिविर सञ्चालन गरिएको बताए।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
प्रदेस समाचार फिचर (Main Feature) सुदूरपश्चिम

देखिन छाडे ‘फोटो स्टुडियो’,

आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा