२३ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको केही स्थानहरू, तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग्सहित मध्यम वर्षारहिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि