१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

मकवानपुर कोरिया मञ्चद्वारा मानवसेवा आश्रमलाई ६२ हजार सहयोग

मकवानपुर। हेटौँडास्थित मानवसेवा आश्रममा आश्रित करिब २ सय ५० जना आमाबुबा तथा बालबालिकाका लागि मकवानपुर कोरिया मञ्चले ६२ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

दक्षिण कोरियामा सक्रिय मञ्चले स्वदेशका असहाय नागरिकप्रति देखाएको यो सहयोगलाई सामाजिक रूपमा सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिइएको छ। मञ्चको यस पहलले प्रवासमा रहेका नेपालीहरू पनि आफ्नै समाजप्रति उत्तरदायी छन् भन्ने सन्देश प्रष्ट पारेकाे छ ।

उक्त सहयोग रकम ठूलो नदेखिए पनि आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, यसले उनीहरूमा आत्मीयता र भरोसा अभिवृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

मानवसेवा आश्रमजस्ता संस्थाहरू समाजका कमजोर तथा असहाय वर्गको सहारा बन्दै आएका छन्। यस्ता संस्थालाई निरन्तर सहयोग आवश्यक पर्ने भएकाले सरकारी निकायसँगै संघसंस्था, प्रवासी नेपाली तथा सचेत नागरिकहरूको भूमिका महत्वपूर्ण रहने देखिन्छ।

मकवानपुरकोरिया मञ्चको यो सहयोगले अन्य संघसंस्था तथा व्यक्तिहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि