१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन र उनीहरूको तत्काल रिहाइको माग गरेको छ ।
आइतबार चितवनस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ ।
पार्टीका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको ‘जेनजी पुस्ता’को आन्दोलन पछि आपराधिक समूहले कब्जामा लिँदा विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो ।
एमाले चितवनले ती घटनाको छानबिनका लागि तत्कालीन समयमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगलाई पूर्वाग्रही भन्दै खारेज गर्नुपर्ने बताएको छ । उक्त आयोगले प्रमाणविनै पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुखमाथि कारबाही सिफारिस गरेको आरोप पार्टीको छ ।
ज्ञापनपत्रमा एउटै घटनामा राजनीतिक नेतृत्वलाई कारबाहीको सिफारिस गर्ने तर सुरक्षा निकायको भूमिकाबारे मौन रहने कार्य ‘विधिको शासन विपरित’ भएको उल्लेख गरिएको छ ।
साथै, नयाँ प्रधानमन्त्रीले शपथ लिएको राति नै योजनाबद्ध रूपमा पक्राउ प्रक्रिया अघि बढाइएको भन्दै त्यसको आलोचना गरिएको छ ।
एमाले चितवनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न र पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको