१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन : डरबाट सुरु, आशासहित बिदा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालको अनुभव सुनाउँदै जिम्मेवारीबाट बिदा मागेकी छन् ।
बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जिम्मेवारी सम्हाल्दा सुरुमा आफूमा डर र अनिश्चय रहेको भए पनि देश संकटमा रहेका बेला केही आशाको दियो बाल्ने आत्मविश्वासका साथ अघि बढेको बताइन् ।

उनले भनिन्, ‘भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ । परिवर्तनकामी युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेको थिएँ ।’

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा चुनौतीपूर्ण परिस्थितिबीच काम गर्नुपरेको उल्लेख गर्दै जनआन्दोलनपछिको अवस्थालाई विशेष रूपमा स्मरण गरिन् ।

उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु । हामी सबैलाई स्मरण होला—२०८२ भदौ २३ र २४ मा युवाहरूको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति, ७६ जनाको निधन, दुई हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो ।’

त्यस्तो कठिन अवस्थामा सरकारले सुरक्षा संयन्त्रको मनोबल उच्च बनाउँदै प्रशासनलाई सक्रिय राख्न र राजनीतिक दलहरूलाई निर्वाचनतर्फ उन्मुख गराउन भूमिका खेलेको उनले बताइन् ।

उनले थपिन्, ‘त्यस्तो अवस्थामा वातावरण सहज बनाउँदै सुरक्षा संगठनको मनोबल उकास्दै प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनु परेको थियो ।’

निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीहरूलाई उनले विशेष धन्यवाद ज्ञापन गरिन् ।

प्रधानमन्त्री कार्कीले देशलाई स्थिरता र लोकतान्त्रिक प्रक्रियातर्फ अघि बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक राजनीतिक वातावरण कायम रहने विश्वास व्यक्त गरिन् ।्

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि