काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको शुभकामना दिएका छन् ।
आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका हुन् ।
उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरे ।
सन्देशमा भनिएको छ, ‘यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’







