५ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ । “हामीले राम्रो काम गरेका छौं । उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ,” उनले भने ।

ट्रम्पले भविष्यमा यस्तो अवस्था फेरि नदोहरियोस् भन्ने सुनिश्चित गर्न थप कडा र स्थायी कदम आवश्यक रहेको पनि उल्लेख गरे । उनले इरानमाथि थप दबाब कायम राख्नुपर्ने धारणा व्यक्त गरे । यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान क्षेत्रमा सक्रिय विभिन्न मिलिसिया समूह र आतंकवादी संगठनहरूबाट खतरा रहेको भन्दै त्यस्ता समूहहरूलाई निस्तेज पार्न आवश्यक रहेको बताए । “त्यहाँ धेरै आतंकवादी गतिविधि छन, हामीले भेटिएसम्म त्यस्ता समूहहरूलाई समाप्त गर्नुपर्छ,” उनले भने ।

अमेरिकी र इजरायली फौजले हाल इरानका सैन्य संरचना तथा मिसाइल अड्डाहरूमा लक्षित आक्रमण जारी राखेका छन् । अमेरिकी सेनाले इरानको हर्मुज जलमार्ग मध्य नजिकैका कडा संरचनायुक्त मिसाइल अड्डाहरूमा ५,००० पाउन्ड तौलका ‘डीप पेनेट्रेटर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ । हाल मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै गएको छ भने यसले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि