५ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको कार्यक्रम गर्न रोक लगाएको जनाएको हो ।

महानगरले यही चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो ।
महानगरले निर्माण कार्य सुरु भएपछि यो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने जनाकारी दिएको हो ।

सूचनामा भनिएको छ, ‘उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि