२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुंगो लगाएको हो ।

आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसैगरी, यशोदा कुमारी बराल, टुकाभद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् ।

त्यसैगरी, थारु कलस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया वि.के. र नीता घतानी रहेका छन् । यसैगरी, मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र मुस्लिमतर्फबाट एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि