२८ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ ।

आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्ने लागेको हो ।

उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदै छ ।

यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै विदाई कार्यक्रम राखिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको