२८ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा तीन जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

जिल्ला कार्यसमिति झापाको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएको उम्मेदवारको विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको निष्कर्ष निकालेको थियो । सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको हो ।

उक्त निर्णयबारे जानकारी दिँदै नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासन विपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिएको बताएका छन् । साथै कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति मा सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रह समेत गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि