२१ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन, कोशीमा आयोजित चियापानप्रति असन्तुष्टि

१४ माघ, काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेता शेखरले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए । शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि चियापानका लागि विराटनगरमा जुटेका थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले ९ माघदेखि मौन अवधि तोके पनि दलहरुले त्यसको पालना नगरेकोमा प्रमुख निर्वाचन आयुक्त थपलियाको गुनासो थियो ।

आयोग स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कतिपय जनप्र्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गरेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् ।

निर्वाचन प्रतिवदेन राष्ट्रपतिलाई बुझाउने क्रममा प्रमुख आयुक्त थपलियाले मत बदर हुनु दुर्भाग्य भएको पनि बताएका थिए । कोशी प्रदेशमा मत बदर भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि