५ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मकवानपुरमा शान्तिपूर्ण रूपमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन, सुरक्षा निकायको सक्रियता

हेटौँडा । मकवानपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा सुरक्षित रूपमा सम्पन्न भएको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण सुरक्षा निकाय एक महिना अघिदेखि नै सक्रिय रूपमा तयारीमा जुटेका थिए ।

निर्वाचनअघि करिब एक महिनासम्म सुरक्षा निकायले जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील स्थानहरूको अनुगमन गर्दै सुरक्षा अवस्थाबारे नियमित मूल्याङ्कन गरेका थिए । सोही तयारीका कारण अन्य केही जिल्लामा झैँ झडप वा विवादका घटना देखिएको भए पनि मकवानपुरमा भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार निर्वाचनलाई कडाइका साथ सम्पन्न गराउन निर्वाचनको दिन सवारी पास बिना चलाइएका सवारीसाधनमाथि नियन्त्रण गर्दै आवश्यक कारबाही समेत गरिएको थियो ।

जिल्लाका सबै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा निर्वाचनका लागि खटिएका विशेष प्रहरी टोली परिचालन गरिएको थियो। मतदान केन्द्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सुरक्षा निकायबिच समन्वयात्मक रूपमा काम गरिएको प्रशासनले जनाएको छ ।
यसैबिच, निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीको छनोट प्रक्रियामा पनि प्रमुख जिल्ला अधिकारी अधिकारी स्वयं सक्रिय रूपमा सहभागी भएर आवश्यक समन्वय गरेका थिए ।

मकवानपुरका स्थानीय राजकुमार श्रेष्ठका अनुसार प्रशासन र सुरक्षा निकायको सक्रियता तथा समन्वयका कारण जिल्लामा निर्वाचन शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि