२३ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

काठमाडौँ, २२ फागुन स् काठमाडौँ क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिए ।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं ८ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म मतगनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिनुभएको छ ।

उहाँले एक हजार ७२४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए। यहाँको मतगणना नागार्जुन नगरपालिकाको कार्यालयमा भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि