८ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा अमेरिका–इजरायले ईरानमाथि गरेको आक्रमणको कडा निन्दा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८, २०२६ मा इरानमाथि गरेको संयुक्त सैनिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा निन्दा तथा भत्र्सना गरेका छन् ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै खनालले उक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा अन्य उच्च पदस्थ अधिकारीहरूको हत्या भएको घटनालाई मानवअधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको परित्याग र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघनका रूपमा व्याख्या गरिएको छ ।
एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गर्नु तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लंघन गर्दै गरिएको उक्त आक्रमणलाई विज्ञप्तिमा ‘नग्न र जङ्गली’ कार्यको संज्ञा दिइएको छ ।
अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा भएको दाबी गरिएको यस संयुक्त कारबाहीले विश्वलाई ‘जङ्गली राज’तर्फ धकेल्ने दुस्साहस गरेको उल्लेख गर्दै, यसले विशेषगरी साना तथा विकासोन्मुख राष्ट्रहरूको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्तामाथि गम्भीर खतरा उत्पन्न गरेको चेतावनी दिइएको छ ।

विज्ञप्तिमा साम्राज्यवादी प्रवृत्तिका यस्ता आक्रमणविरुद्ध विश्व शक्तिहरू, मझौला तथा साना राष्ट्रहरू मौन बस्न नहुने उल्लेख गर्दै सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई एकताबद्ध भई दादागिरीपूर्ण र गैरकानुनी हिंसात्मक कदमको प्रतिवाद गर्न आह्वान गरिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको