१७ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अब स्पष्ट कित्ताकाट गर्ने बेला आयो : ओली

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफूले देशको स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका छन् ।

आइतबार भिडिओ सन्देशमार्फत ओलीले आफूले देशको अखण्डता, स्वाभिमानको र राष्ट्रियतामा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका हुन् ।
अब स्पष्ट कित्ताकाट गर्नेबेला आएको उनले बताए । उनले राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? भन्दै प्रश्न रहेको हो भन्दै प्रशन समेत गरेका छन् ।

भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’

उनले जनताले पनि देश पहिले भन्ने दिन आएको उल्लेख गरे । देश पहिले भनेको संविधान र नियम, भूमि र जनता पहिले र संविधान र नियम पहिले रहेको भिडिओ सन्देशमार्फत बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि