१७ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सङ्खुवासभामा डा.अर्जुन कार्कीलाई जिताउन भन्दै एमाले प्रवेश

सङ्खुवासभा । प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा संखुवासभामा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको छ।
पछिल्ला दिनहरूमा नेपाली काँग्रेसलगायत अन्य दल परित्याग गरी दर्जनौँ कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
मादी नगरपालिका र पाँचखपन क्षेत्रका ३० भन्दा बढी व्यक्तिहरूले एमाले रोजेका छन् । एमालेका उम्मेदवार डा.अर्जुन कार्कीलाई जिताउन भन्दै विभिन्न गाउँमा अन्य दलका कार्यकर्ता पनि एमाले प्रवेश गर्नेक्रम जारी रहेको डा. कार्कीले जानकारी दिए ।
प्रवेश गर्नु हुनेहरुमा रामकाजी तामाङ, सलबहादुर लामा, नन्दलाल मगर, हेमराज रेग्मी, विकास जोगी, विरु जोगी, मौसम जोगी, मनिसा मगर, रुद्र ब. जोगी, नेत्र ब.जोगी, अम्बर ब जोगी, वीर ब.वोगी,धष समीक्षा राईमगर, जापान मगर, अर्जुन जोगी, कमला तामाङ, जनक तामाङ, प्रविन तामाङ, रचना कार्कीलगायत छन् ।
एमालेले पार्टी प्रवेशलाई आफ्नो संगठन र उम्मेदवार राम्रो दाबी गरेको छ। तर विपक्षी वृत्तले भने यसलाई ‘चुनावी रणनीतिक ध्रुवीकरण’ मात्र भएको टिप्पणी गरेका छन्।
दल प्रवेशको बढ्दो क्रमले चुनावी माहोललाई थप पेचिलो बनाएको छ । तर अन्तिम निष्कर्ष भने मतपेटिकाले मात्र दिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि