१४ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, किसानलाई उच्च सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो तथा रातो धब्बा देखिने र अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट रोग पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको थियो । त्यहाँ पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशी ले जानकारी दिए ।
उनका अनुसार हालसम्म धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएको छ ।

जोशीका अनुसार रोग प्रारम्भिक चरणमै रहेको भए पनि समयमै जैविक सुरक्षाका उपाय लागू नगरे बङ्गुरपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । सङ्क्रमण फैलिन नदिन प्रभावित फार्मका धनीलाई सचेत गराइएको र उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उनले बताए ।

अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त सङ्क्रामक र घातक रोग हो । यस रोग लागेका पशुमा मृत्युदर शत्प्रतिशतसम्म पुग्न सक्ने भएकाले पशु स्वास्थ्य क्षेत्रमा यसलाई भयावह मानिन्छ । सङ्क्रमण फैलिए पूरै बथान सखाप हुने जोखिम हुने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

पशु अधिकृत रामप्रसाद भट्ट का अनुसार सङ्क्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने, दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने तथा छट्पटाउने जस्ता लक्षण देखिन्छन् । विशेषगरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रगत जमेका रातो वा नीलो धब्बा देखिनु यस रोगको प्रमुख पहिचान हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि