१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।
यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन् । त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ः
१। प्रधानमन्त्री तथा सोह्रौं योजना कार्यान्वयन कार्ययोजना ९२०८१÷८२–२०८५÷८६० स्वीकृत
२। नेपाललाई OECD Global Forum on Transparency and Exchange of Information for Tax Purposes को सदस्यता लिन स्वीकृति प्रदान गर्ने ।
३।चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने ।

४। चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।
५। बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने ।
६। न्याय सेवा आयोगको सिफारिसबमोजिम दुईजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने ।
७।विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।
८।निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने । साथै, सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने ।
९। २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।
१०। श्री हितमान गुरुङ्गलाई बेलायतका राजाद्वारा प्रदान गरिने : यकत भ्हअभििभलत इचमभच या तजभ द्यचष्तष्कज भ्mउष्चभ द्यभ्ः उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने
११। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने ।
१२। २०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१st INTERPOL Annual Heads of NCB Conference मा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने ।
१३। नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारेक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने ।
१४। भौतिक पूर्वाधार चीन सरकारको अनुदान सहयोगमा निर्माण÷ स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने ।
१५। जेनजी परिषद् गठन गर्ने ।
१६। नेपाल सरकारका सचिवहरू डा। रामप्रसाद घिमिरे र डा। हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुर्याउनु भएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने ।
१७। नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि