१० फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि सन्दीप लामिछानेले गरे नाम दर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतियोगिताको अक्सन आगामी मार्च ११ र १२ मा हुँदैछ । लामिछाने यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्ड मूल्यमा अनुबन्धीत भएका थिए । तर सो समयमा उनले कुनै खेल खेलेका थिएनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि