६ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र समाजवादतर्फ प्रेरित गरोस् : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘ग्याल्पो ल्होसार’को अवसरमा सम्पूर्ण शेर्पा समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

बुधबार शुभकामना सन्देश जारी गर्दै खनालले पूर्वी हिमाली क्षेत्रसहित देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारलाई मौलिक र परम्परागत पर्वको रूपमा उल्लेख गरेका छन् । उनले यो पर्वले शेर्पा समुदायको सांस्कृतिक पहिचान र ऐतिहासिक परम्परालाई जगेर्ना गर्ने महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

‘ग्याल्पो ल्होसार शेर्पा समुदायमा विविध सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइन्छ । यस अवसरमा मान्यजनहरूबाट आशीर्वाद ग्रहण गर्ने, परिवार र आफन्तजनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खनालले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । साथै उनले ग्याल्पो ल्होसारले सबै नेपालीलाई समाजवादको मार्गतर्फ अग्रसर हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि